Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका यी स्थानमा हल्का हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १२ : २१ मा प्रकाशित

आज देशका यी स्थानमा हल्का हिमपातको सम्भावना

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आज (सोमबार) दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,राती प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको