Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको २०% लाभांश कहिले हुन्छ पारित ?

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १० : ४८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको २०% लाभांश कहिले हुन्छ पारित ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे फागुन १७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा .चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603dc6bf457df.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको