Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको लापरबाही, हुँदै नभएको कम्पनी पनि कारोबार सुचीमा

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १३ : ११ मा प्रकाशित

रोकिएन नेप्सेको लापरबाही, हुँदै नभएको कम्पनी पनि कारोबार सुचीमा

नेपाल स्टक एक्सचेन्ज(नेप्सेको) लापरबाही नेपालको सेयर बजार कारोबारमा अझै रोकिएको छैन । 

आज मंगलबारको कारोबारमा नेप्सेको वेबसाइटमा हाल सम्म नेप्सेमा सुचिकृत नै नभएको कम्पनी MORE कम्पनीको सेयर कारोबार भएको देखाइएको छ । हाल सम्म पनि कुनै कम्पनीको सेयरलाइ पनि नेप्सेले MORE संकेत प्रदान गरेको छैन । 

नेप्सेको साइटमा आज उत्त MORE संकेत प्राप्त कम्पनीको सेयर मूल्य १ प्रतिशतले बृद्धि भएर ७९२ रुपैयाँमा कारोबार भइरहेको देखाइएको छ भने आज अहिले सम्म कम्पनीको २ हजार ३ सय ६० कित्ता सेयर कारोबार भएको देखिन्छ । 

केहि दिन अघि फाल्गुन १२ गते बुधबारको कारोबारमा पनि नेप्सेको लापरबाहिका कारण लगानीकर्ताहरुले हैरानी व्यहोर्न परेको थियो । उत्त दिन अनलाइन ट्रेडिङ सिस्टममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर मूल्य शतप्रतिशले घटायर शून्य देखाइएको थियो । जबकी कुनैपनि कम्पनीको सेयरमूल्य एकैदिनमा १० प्रतिशतभन्दा बढीले घटाएर बढाएर कारोबार गर्न पाईदैन ।

यी त नेप्सेको लापरवाहिका प्रतिनिधीमूलक र तत्कालिन  घटनाहरु मात्र हुन् । नेप्सेको अनलाइन सिस्टममा आइरहने बिभिन्न समस्याहरुले आम लगानीकर्ताहरु हैरान नै भइरहेको पाईन्छ । 
 

603de92d88bab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको