Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री थापालाई

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १३ : २० मा प्रकाशित

विप्लवसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री थापालाई

सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो । 

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ । 

यसअघि सरकारले वार्ता टोली गठन गरेको भए पनि नेकपा वार्ताका लागि तयार भएको थिएन । अहिले भने नेकपा पनि वार्ता गर्न तयार भएको छ।

नेकपा महासचिव चन्दले ८ फागुनमा विज्ञप्ति जारी गरी क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको जिकिर गर्दै जनतामा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको