Like us!
Follow us!
Connect us!
Watch us!

हत्या आरोपी आलमलाई छुटाउन पहल गरिरहेको देउवाको बयान

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १७ : ०४ मा प्रकाशित

हत्या आरोपी आलमलाई छुटाउन पहल गरिरहेको देउवाको बयान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन्।


गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज रौतहट आएका पूर्वप्रधानमन्त्री देउवाले  इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए। 

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरूपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र  सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे। रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको