Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २० फागुन २०७७, ०८ : १५ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम मौका

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले फागुन ६ गते, बिहीबारबाट बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे लिलामी सेयरमा आवेदन दिने आज (माघ ४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेकाे आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ५ हजार ७ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २५ हजार २ सय कित्ता र युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९५ हजार ६ सय ४९ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

यसैगरी, आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे न्युनतम मूल्य प्रति कित्ता ४९८, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे न्युनतम मूल्य प्रति कित्ता ४०० र युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रति कित्ता २९८ रूपैयाँ ताेकिएकाे  छ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको