Like us!
Follow us!
Connect us!
Watch us!

बेनेली मोटरसाइलको पाँच नयाँ मोडेल बजारमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १५ : ३५ मा प्रकाशित

बेनेली मोटरसाइलको पाँच नयाँ मोडेल बजारमा, मूल्य कति ?

पि एसइन्टरप्रइजेस बेनेली मोटरसाइलको लागि मलङ्वा,सर्लाही जिल्लाको अधिकृत बिक्रेता हो । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र  १९११ देखिनै मोटरसाइकल पारखीबिच एक बैग्लै पहिचान बनाएको छ ।

नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा.लि हो र कम्पनी ले ३ एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउंदै आइरहेको छ । 

मलङ्वा,सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ । पि एसइन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउछ । कम्पनीको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।

1. TNT15(150CC) at Rs247,500
2. TNT150i(150cc) at Rs322,500
3. BN251(250cc) at Rs520,000
4.LEONCINO 250 at Rs.630,000
5. TRK251 at Rs.630,000

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक बैदनाथ महतोको अनुसार यी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्व स्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको