Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

नेप्से

शनिबार, २२ फागुन २०७७, ०८ : ४० मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता ४ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार यो साता मञ्जुश्री फाइनान्स, नेपाल एसबिआई बैंक, तिनाउँ मिसन डेभलपमेण्ट बैंक र प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

कुन कम्पनीको कति ? 
मञ्जुश्री फाइनान्स

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको १४ लाख ७२ हजार ६३६.२७४६ कित्ता बोनस शेयर सोमवार सूचीकृत गरिएको  हो । कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सोहि सेयर नेप्सेमा सूचिकृत भएको हो । 

नेपाल एसबिआई बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंककोे उक्त बोनस सेयर वापतको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता सेयर सूचीकृत भएको हो ।   

तिनाउँ मिसन डेभलपमेण्ट बैंक
यसै साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तिनाउँ मिसन डेभलपमेण्ट बैंकको १० लाख ८७ हजार ८७६.३२०५ कित्ता सेयर सूचीकृत भएको हो । संचालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सोहि सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

प्रभु बैंक 
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकले बुधवार उक्त बोनस सेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता शेयर सूचीकृत गराएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको