Like us!
Follow us!
Connect us!
Watch us!

मेरिगोल्ड १११ औं वर्ष प्रवेशका अवसरमा छुट सहित विभिन्न अफर

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १४ : २८ मा प्रकाशित

मेरिगोल्ड १११ औं वर्ष प्रवेशका अवसरमा छुट सहित विभिन्न अफर

मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११ औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ठ स्थानमा रहेको मेरीगोल्डले १११ औं वर्ष प्रवेश गरेको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ । 

त्यस्तै, मेरीगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११ औं वार्षिकोत्सवका अवसरमा न्यूरोडस्थित मेरीगोल्डको नयाँ शोरुममा विशेष छुट र लक्की ड्र कार्यक्रम राखिएको छ । जसमा प्रथम पुरस्कारस्वरुप विजेताको तौल बराबर शुद्ध चाँदी तगा द्वितिय पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ । मेरीगोल्डका हाल न्यूरोड र दरबारमार्गमा आउटलेट सञ्चालनमा रहेका छन् ।

ग्राहकको अटुट विश्वास तथा गुणस्तरमा कहिल्यै सम्झौता नगरेकै कारण मेरीगोल्डले ११ दशक पूरा गरेको प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन् । “हामीले माौलिकता जोगाउँदै र ग्राहकको विश्वास जित्दै सुनचाँदीका गरगहना तयार पार्दै आइरहेका छौं,” श्रेष्ठ भन्छन्, “परिस्थिति अनुकूल रह्यो भने चाँडै नै नेपालमा उत्पादित गरगहना उल्लेख्य परिमाणमा निर्यात गर्न पनि मेरीगोल्ड सक्षम हुनेछ ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको