Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

मंगलबार, २५ फागुन २०७७, १६ : ३९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको सेयर सूचिकृत भएको छ  । नेप्सेका अनुसार मंगलबार २ करोड २२ लाख ७६ हजार ३७१ कित्ता सेयर सूचिकृत भएको हो  । आज नेप्सेमा एनएमबि बैंक लिमिटेड र ज्योति विकास बैंकको बोनस सेयर सूचिकृत भएको हो  ।

कुनको कति कित्ता ?

एनएमबि बैंक लिमिटेड 
मंगलबार नेप्सेमा एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता सेयर सूचिकृत भएको छ  ।  बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  सोहि लाभांश नेप्सेमा सूचिकृत भएको हो ।

ज्योति विकास बैंक
नेप्सेमा ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३.४४ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बैंकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको