Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप १० कम्पनीलाई सेबोनको स्वीकृती

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १३ : २४ मा प्रकाशित

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप १० कम्पनीलाई सेबोनको स्वीकृती

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप १० कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ७४ पुगेकाे छ । यसअघि बाेर्डले एकचाेटी ४६ वटा र अर्काेचाेटी १८ वटा कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा उषा इन्भेष्टमेन्ट, कुमारी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, युनाईटेड इदी मर्दी हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल ग्रुप, श्री गणेश प्राेपर्टिज एण्ड इन्भेष्टमेन्ट, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र सिड इन्फ्रा रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीहरू यस प्रकारका छन् :

60487a1d06ffe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको