Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले धितोपत्र बजार सुधारका लागि माग्यो लगानीकर्ताहरुसँग सुझाव

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १४ : २० मा प्रकाशित

सेबोनले धितोपत्र बजार सुधारका लागि माग्यो लगानीकर्ताहरुसँग सुझाव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव आह्वान गरेको छ।

बोर्डले प्रत्येक आर्थिक वर्ष धितोपत्र बजारको व्यवस्थित, प्रभावकारी तथा दिगो विकासका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि पनि सुधारमुखी, व्यावहारिक तथा कार्यान्वयनयोग्य सुझाव माग गरिएको जनाएको छ।

बजार विकास, विस्तार तथा सुधारका लागि आवश्यक नीति निर्माण प्रक्रियामा लगानीकर्ता, व्यवसायी, नियामक निकाय तथा अन्य सरोकारवालाको सुझावलाई समेटिने धितोपत्र बोर्ड जनाएकाे छ ।  इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना राय तथा सुझाव जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको