Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन पाइपलाइनमा आईपीओको चाङ - १५ अर्बको भारी बाेक्दै हाइड्रोपावर, ८९ कम्पनी बोर्डको 'ग्रिन सिग्नल' पर्खिँदै !

अर्थ संसार

विहीबार, ०५ चैत्र २०८२, ११ : ३० मा प्रकाशित

सेबोन पाइपलाइनमा आईपीओको चाङ - १५ अर्बको भारी बाेक्दै हाइड्रोपावर, ८९ कम्पनी बोर्डको 'ग्रिन सिग्नल' पर्खिँदै !

नेपाल धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिको प्रतीक्षामा रहेका कम्पनीहरूको चाप बढ्दै गएको छ। हाल ८९ कम्पनी पाइपलाइनमा रहेका छन्। क्षेत्रगत रूपमा हेर्दा, होटल तथा पर्यटनका १४, हाइड्रोपावरका ३१, इन्भेस्टमेन्टका ४, माइक्रोफाइनान्स तथा प्रोसेसिङ समूहका २४, माइक्रो इन्स्योरेन्सका ३ र अन्य विभिन्न क्षेत्रका १३ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन्।

यीमध्ये सबैभन्दा धेरै संख्या हाइड्रोपावर क्षेत्रकै रहेको छ। बोर्डमा परेको विवरणअनुसार ३१ वटा जलविद्युत् कम्पनीले आईपीओ स्वीकृतिका लागि आवेदन दिइसकेका छन् र हाल अनुमति पर्खिरहेका छन्। यी कम्पनीहरूले प्रस्ताव गरेको कुल सेयर परिमाण करिब १४ करोड ७३ लाख ९१ हजार कित्ता रहेको छ भने यसको कुल मूल्य झण्डै १५ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ। पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीमध्ये केहीले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन्। तीमध्ये सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो आकारको प्रस्ताव पेश गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजारभन्दा बढी कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको छ, जसको कुल मूल्य करिब ३ अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ।

यसैगरी, युनाइटेड मेवा खोला हाइड्रोपावरले १ करोड २३ लाख कित्ता सेयर निष्काशनका लागि प्रस्ताव पेश गरेको छ, जसको मूल्य १ अर्ब २३ करोड रुपैयाँ बराबर हुनेछ। त्यस्तै, मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ता सेयर निष्काशनको अनुमति मागेको छ, जसको कुल आकार १ अर्ब १२ करोड रुपैयाँ हुनेछ।

अन्य कम्पनीहरूमा भिजन इनर्जी एण्ड पावरले ८३ लाख कित्ता सेयर निष्काशनको प्रस्ताव गरेको छ भने इलेक्ट्रो पावर कम्पनीले पनि करिब ८१ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको