Like us!
Follow us!
Connect us!
Watch us!

डिसहोम गोबाट अब ७० वटा टिभी च्यानल हेर्न सकिने

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १४ : ०३ मा प्रकाशित

डिसहोम गोबाट अब ७० वटा टिभी च्यानल हेर्न सकिने

डिसहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिसहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । 

डिसहोम गोमा थप ५० च्यानल थपिएका छन् । उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि डिशहोम गो मोबाइल एप सञ्चालनमा ल्याएको थियो । 

योसँगै डिशहोम गो एपले ‘भिडियो अन डिमाण्ड’ सेवाको पनि थालनी गरेको छ । जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन् । 

डिसहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिसहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको