Like us!
Follow us!
Connect us!
Watch us!

हारमा पनि अर्नाकोको खेलाडीलाई ७.८१ लाख पुरस्कार,सिको गर्ने डिसहोमकोबाट खेलाडीलाई केबल डेढ लाख

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १४ : ४७ मा प्रकाशित

हारमा पनि अर्नाकोको खेलाडीलाई  ७.८१ लाख पुरस्कार,सिको गर्ने डिसहोमकोबाट खेलाडीलाई केबल डेढ लाख

टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्ना र डिसहोमकोतर्फ बाट क्रमशस् सात लाख ८१ हजार र डेढ लाख पुरस्कार जितेका छन् ।

अर्नाको पुरस्कार न्युनतम १० हजारदेखि अधिकतम एक लाख ३९ हजारसम्म गरि सबै खेलाडीले पाउँदा डिसहोमको पुरस्कार भने तीन विकेट लिएका करन केसीले एक लाख तथा ३५ रन भन्दा बढी बनाएका विवेक कुमार यादवले ५० हजार जितेका हुन् । आजको खेलमा अर्नाको पुरस्कार सबभन्दा कम पाउनेमा कुशल मल्ल परे भने सबैभन्दा धेरै पुरस्कार पाउनेमा विवेक यादव रहे ।

अर्नाको पुरस्कार सोमपाल कामीले एक लाख २८ हजार, करन केसीले एक लाख २६ हजार, कुशल भुर्तेलले ९६ हजार र सन्दीप लामिछानेले ८९ हजार रुपैयाँ जिते । आसिफ सेखले ६५ हजार, गुल्सन झाले ३८ हजार तथा अविनाश बोहोराले ३१ हजार रुपैयाँ जिते । सन्दीप जोराले ३२ हजार तथा कप्तान रोहित पौडेलले २७ हजार नगद जिते ।

अर्नाले खेलाडीलाई घोषणा गरेको उपहारलाई चौतर्फी वाही वाहि गरिएको छ भने डिसहोम उपहार घोषणालाई सस्तो लोकप्रियता भनेर प्रश्न गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको