Like us!
Follow us!
Connect us!
Watch us!

डिस होमको उपभोक्ता माथि अन्याय, स्टारका च्यानलहरु कुनै पनि बेला बन्द हुनसक्ने !

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, २० : ४७ मा प्रकाशित

डिस होमको उपभोक्ता माथि अन्याय, स्टारका च्यानलहरु कुनै पनि बेला बन्द हुनसक्ने !

डिटिएच सेवा प्रदायक डिस होमका कारण उपभोक्तालाई समस्या दिएको पाइएको छ। डिस होम मार्फत प्रसारण हुने स्टारका च्यानलहरुको स्क्रोलिङमा आएको सन्देशले ग्राहकलाई असहज अनुभव झेल्न परेको छ। 

उक्त सन्देशमा स्टारका च्यानलहरु कुनै बेला काटिन सक्ने उल्लेख गरिएको छ।  डिस होमले बक्यौता नतिरेको र सम्झौतामा हस्ताक्षर नगरेको कारण च्यानलहरु जुन सुकै बेला पनि काटिन सक्ने उक्त स्क्रोलिङमा उल्लेख छ। 

उपभोक्ता माथि अन्याय 

डिस होमले आफ्ना उपभोक्तासँग भने अग्रिम भुक्तानी लिने गरेको छ। अग्रिम भुक्तानी नगरिकन डिस होमले आफ्ना सुविधा आफ्ना ग्राहकलाई  दिदैन। विभिन्न कामका प्याकेज उल्लेख गर्दै डिस होमले ग्राहकसँग मोटो रकम उठाउने गरेता पनि आफ्ना ग्राहकहरु प्रति जवाफदेही भने देखिएको छैन। आफू अग्रिम भुक्तानी लिने तर आफुले तिर्न पर्ने  बक्यौता नतिरेको र सम्झौतामा हस्ताक्षर नगरेको कारण पैसा तिरेका ग्राहकलाई समेत दु:ख भएको छ। 

विश्वकपमा पनि समस्या 

भखरै सम्पन्न भएको विश्वकप क्रिकेटको समयमा पनि डिस होममा यहि समस्या थियो जुन यस कम्पनीले अझै समाधान गरेको छैन । विश्वकप प्रसारण हुने  स्टार स्पोर्ट्सको तल्लो पट्टि प्रदर्शित सन्देशहरूका कारण क्रिकेट प्रेमीहरु वाक्क दिक्क भएका थिए। स्कोरकार्ड प्रदर्शन हुने ठाउँमा च्यानलमा आएका सन्देशहरूका अझै क्रिकेट खेलमा रमाउने दर्शकलाई धेरै नै समस्या परेको छ।  ग्राहकलाई परेको समस्याको आक्रोश डिस होमको सामाजिक संजालमा वर्षा नै भएको थियो। अधिकांश डिस होम देखि खुशी छैन। अगाडी देखिको यो समस्या डिस होमले अझै सल्झाउन सकेको छैन। 

अर्थसंसारले यस बारे जानकारी माग्दा डिस होमका सम्बन्धित अधिकारीहरु सम्पर्कमा आउन मानेन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको