Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापकलाई हकप्रदपछि मात्र डिस मिडिया नेटवर्कको सर्वसाधारणलाई आईपीओ

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, ११ : २३ मा प्रकाशित

संस्थापकलाई हकप्रदपछि मात्र डिस मिडिया नेटवर्कको सर्वसाधारणलाई आईपीओ

नेपाल धितोपत्र बोर्डमा डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले आईपीओ निष्काशनका लागि आवेदन दिएपछि सर्वसाधारण भने धितोपत्र बोर्डले कहिले आईपीओलाई स्वीकृति प्रदान गर्ला भन्दै कुरिबसेका थिए। 

तर यता आवेदन दिएर डिस मिडिया नेटवर्क भने अर्को बाटोमा हिडेको छ। डिस मिडिया नेटवर्क अहिले हालका =संस्थापकलाई हकप्रद जारी गर्ने तयारीमा लागेको छ। यसका लागि डिस मिडिया नेटवर्कले विशेष साधारण सभा बोलाइसकेको छ। सभा कात्तिक २० गतेका लागि आव्हान गरिएको छ । 

कम्पनीका संस्थापकको हकप्रद मार्फत  पुँजी बढापछि मात्र सर्वसाधारणलाई आईपीओ निष्काशनको बाटोमा डिसहोम लाग्ने भएको हो।

नेपाल धितोपत्र बोर्डमा भने डिस मिडिया नेटवर्कको आवेदन प्रारम्भिक समीक्षा मै रहेको देखिन्छ।  कम्पनीले आईपीओका लागि असार १२ गते आवेदन दिएको थियो।  त्यस बेला डिस मिडिया नेटवर्कले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५  कित्ताको आईपीओ निष्काशन गर्नेका लागि प्रस्ताव गरेकामा हकप्रद पछि आईपीओ कित्ता तल माथि हुने निश्चित छ। 

तर यो भन्दा अगाडी पनि २०७७ असार ३० डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो। त्यसपछि फेरि आईपीओलाई पूर्ण आवेदन दिएको थियो। विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्को तिर डिसहोमको ग्राहक संख्या पनि घट्दा रहेको छ। डिस मिडिया नेटवर्कको कारोबार पनि घटेको छ। रिपोर्ट बारे थप अर्को रिपोर्टमा..

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको