Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहक भड्किए पनि डिस होमले गर्यो बेवास्ता

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, ०८ : २६ मा प्रकाशित

ग्राहक भड्किए पनि डिस होमले गर्यो बेवास्ता

महिनौ दिन देखि समस्याको समाधन नगर्दा डिटिएच सेवा प्रदायक डिस होमका ग्राहक भड्किएका छन्। महिनौ दिन देखि डिस होमका कारण यसका उपभोक्ता अन्यायका सिकार हुदाँ पनि डिस होम भने समस्याको समाधानको साटो समस्यालाई बेवास्ता गर्दै हिडेको छ। 

डिस होम मार्फत प्रसारण हुने स्टारका च्यानलहरुको स्क्रोलिङमा आएको सन्देशले ग्राहकलाई असहज अनुभव झेल्न परेको महिनौ भइसक्यो तर यसको समाधान डिसले अहिले सम्म गरेको छैन। 

उक्त सन्देश स्टारले डिस होमलाई दिएको जस्तो देखिन्छ। उक्त सूचनामा स्टारका च्यानलहरु कुनै बेला काटिन सक्ने भनिएको छ ।  डिस होमले बक्यौता नतिरेको र सम्झौतामा हस्ताक्षर नगरेको कारण च्यानलहरु जुन सुकै बेला पनि काटिन सक्ने उक्त स्क्रोलिङमा उल्लेख छ। 

डिस होमले समस्याको समाधान नगर्दा डिस होम प्रति ग्राहकहरु भड्किएका छन् र डिस होमको सेवा प्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन्। यस कम्पनीले समस्या समाधान नगरेर आजित भएका ग्राहक अब यस कम्पनीको दयनीय सेवाका कारण अब यस थप रिचार्ज नगर्ने सम्म भनेका छन्। तेती मात्र नभई केहि च्यानलको प्रसारण रोकिदा पनि डिसका ग्राहक कम्पनी सँग खुसी छैनन्। 

अग्रिम भुक्तानी लिएर उपभोक्ता माथि अन्याय 

डिस होमले आफ्ना उपभोक्तासँग भने अग्रिम भुक्तानी लिएर मात्र आफ्ना सेवा सुविधा दिन गरेको छ । बिना अग्रिम भुक्तानी डिस होमका सेवा सुविधा लिन असम्भव नै छ। विभिन्न नामका प्याकेज भन्दै गर्दै डिस होमले ग्राहकसँग मोटो रकम उठाउने गरेता पनि आफ्ना ग्राहकहरु प्रति दिने सेवा र सुविधा प्रति भने कति पनि जवाफदेही =देखिएको छैन। आफू अग्रिम भुक्तानी लिने तर आफुले तिर्न पर्ने  बक्यौता नतिरेको र सम्झौतामा हस्ताक्षर नगरेको कारण पैसा तिरेका ग्राहकलाई समेत दु:ख भएको छ। 

 विश्वकपमा पनि समस्या 

केहि हप्ता अगाडी सम्पन्न विश्वकप क्रिकेटको अवधिमा डिस होमका ग्राहक निकै नै सास्ती झेल्न पर्यो , जुन यस कम्पनीले अझै पनि समाधान गरेको छैन । विश्वकपका खेल प्रसारण भएको स्टार स्पोर्ट्सको तल्लो पट्टि प्रदर्शित सन्देशहरूका कारण क्रिकेट प्रेमीहरु वाक्क दिक्क भएका थिए । स्कोरकार्ड प्रदर्शन हुने ठाउँमा च्यानलमा आएका सन्देशहरूका अझै क्रिकेट खेलमा रमाउने दर्शकलाई धेरै नै समस्या पर्यो।  ग्राहकलाई परेको समस्याको आक्रोश डिस होमको सामाजिक संजालमा वर्षा नै भएको थियो। अधिकांश डिस होम देखि खुशी छैन। अगाडी देखिको यो समस्या डिस होमले अझै सल्झाउन सकेको छैन। 

सेवा ग्राहीले प्रश्न गर्दा यस समस्याको समाधानलाई प्रयास गरिरहेको भन्ने जवाफ ग्राहक सेवा अधिकारीले भन्ने गरेका छन् । तेस्तै अर्थसंसारले यस बारे जानकारी माग्दा डिस होमका सम्बन्धित अधिकारीहरु सम्पर्कमा आउन मानेका छैनन्। 

डिसहोम आफ्ना नीतिले बेला बेला आलोचित हुने गरेको छ, अर्ना बियरले सुरु गरेको पुरस्कार घोषणाको सिलसिलामा डिसहोम पनि थपिएर डिसहोमको पुरस्कार स्किम भने सस्तो लोकप्रियता लागि वा क्रिकेटको खासै ज्ञान नभएको व्यक्तिले तयार पारेको जस्तो गरेको थियो । जसमा डिसहोमले विश्‍वकप एसिया छनोटमा अब हुने खेलमा एकै खेलमा शतक बनाई पाँच विकेट पनि लिए खेलाडीलाई २० लाख दिने घोषणा गरेको छ । जुन असम्भाव नैमान्नु पर्छ।  ५० ओभरको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासमा समेत अहिलेसम्म एकै खेलाडी शतक हानेर पाँच विकेट पनि लिएको प्रदर्शन केवल चार पटक मात्र भएको छ। 

आईपीओ निष्काशनकामा समेत खेल ​ 

नेपाल धितोपत्र बोर्डमा डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले आईपीओ निष्काशनका लागि आवेदन दिएपछि सर्वसाधारण भने धितोपत्र बोर्डले कहिले आईपीओलाई स्वीकृति प्रदान गर्ला भन्दै कुरिबसेका थिए। 

तर यता आवेदन दिएर डिस मिडिया नेटवर्क भने अर्को बाटोमा हिडेको छ। डिस मिडिया नेटवर्क अहिले हालका =संस्थापकलाई हकप्रद जारी गर्दै छ । यसका लागि डिस मिडिया नेटवर्कले विशेष साधारण सभाकात्तिक २० गतेका लागि आव्हान गरिसकेको छ। कम्पनीका संस्थापकको हकप्रद मार्फत  पुँजी बढापछि मात्र सर्वसाधारणलाई आईपीओ निष्काशनको बाटोमा डिसहोम लाग्ने भएको हो।

 नेपाल धितोपत्र बोर्डमा भने डिस मिडिया नेटवर्कको आवेदन प्रारम्भिक समीक्षा मै रहेको देखिन्छ।  कम्पनीले आईपीओका लागि असार १२ गते आवेदन दिएको थियो।  त्यस बेला डिस मिडिया नेटवर्कले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५  कित्ताको आईपीओ निष्काशन गर्नेका लागि प्रस्ताव गरेकामा हकप्रद पछि आईपीओ कित्ता तल माथि हुने निश्चित छ। 

तर यो भन्दा अगाडी पनि २०७७ असार ३० डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो। त्यसपछि फेरि आईपीओलाई पूर्ण आवेदन दिएको थियो। विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको