Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीमा लगानीकर्ताको ओइरो

नेप्से

बुधबार, २६ फागुन २०७७, १५ : ५६ मा प्रकाशित

यी कम्पनीमा लगानीकर्ताको ओइरो

पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको आज (बुधबार) पनि घटेको  छ । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेको छ । नेप्से ०.१४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले बढेर  ४४५.२३ मा पुगेको छ ।

कूल २ सय ५  वटा कम्पनीको ७८ लाख १६ हजार ८ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १ करोड ४ लाख ६ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बजार घट्दा पनि नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ  । कम्पनीले ५५ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेस कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेका छन् ।

60489b8f3145f.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको