Like us!
Follow us!
Connect us!
Watch us!

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १२ : ३६ मा प्रकाशित

टाटा मोटर्सको  नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत  पर्ने पाँच वटा नयाँ गाडीहरु राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।

यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न रहेको कम्पनीले जनाएको छ  । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको पनि कम्पनीले जनाएको छ ।   

उक्त सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डी भने “टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहनु भएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् । ”

यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने “ बि. एस. सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं । ” 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको