Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शुक्रबारबाट लिलामीमा आउँदै

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १४ : ५१ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शुक्रबारबाट लिलामीमा आउँदै

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले भाेलि (फागुन २८ गते, शुक्रबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले भाेलि फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
 
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी,  उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ। लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज, र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्र बाट आवेदन दिन सक्नेछन् ।

6049e057391c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको