Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको लिलामी सेयर आजदेखि खुल्यो, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, १० : ०२ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको लिलामी सेयर आजदेखि खुल्यो, कहाँबाट दिने आवेदन ?

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आज (फागुन २८ गते, शुक्रबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले आज फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
 
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी,  उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्रबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6049e057391c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको