Like us!
Follow us!
Connect us!
Watch us!

ओपो F19 Pro चैत्र ३ गते नेपालमा सार्वजनिक हुँदै

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, १४ : ४७ मा प्रकाशित

ओपो F19 Pro चैत्र ३ गते नेपालमा सार्वजनिक हुँदै

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१९प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत्र ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१९प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभलञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्ने तिर केन्द्रित रहँदै आइरहेको छ । शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ१९ प्रोको डिजाइन विशेषगरी  “ट्रेण्ड सिकर्स” यूवाहरुलाई ध्यानमा राखिगरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको