Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाईफको आईपीओ निष्कासनको गृहकार्य भैरहेको छ: पोषक राज पौडेल-सिईओ

अर्थ संसार टक

सोमबार, ०२ चैत्र २०७७, ०० : ०० मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छिट्टै नै साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलसँगकाे कुराकानीमा उनले हाल आन्तरिक गृहकार्य भइरहेकाे र आफूहरू आईपीओ निष्कासनकाे तयारीमा अगाडी बढिरहेकाे बताएका छन् । उक्त आईपीओ बुक बिल्डीङ्ग विधीबाट निष्कासन गर्न हालका लागि टाढाकाे कुरा रहेकाे उनकाे तर्क छ ।

कम्पनीकाे भावी याेजनाकाे बारेमा कुरा गर्दै उनले सर्वप्रथम कम्पनी आईपीओ मार्फत् सर्वसाधारणसँग जाेडिने र त्यसपश्चात् हरेक क्षेत्रमा उच्च स्थरिय सेवा पुर्याउने तथा नयाँ नयाँ प्राेडक्टहरूलञ्च  गर्ने जस्ता रणनिती रहेकाे बताएका छन् ।

यसैगरी, सिटिजन लाइफकाे वित्तीय विवरणकाे कुरा गर्दा लगानी र नाफा दुवैकाे हिसाबले कम्पनी अब्बल रहेकाे उनी बताउँछन् । हरेक वर्ष कम्पनी डबलकाे हिसाबले अघि बढिरहेकाे उनकाे भनाइ छ ।

सेयर बजार खतरा (Risk) काे व्यवसाय रहेकाे हुनाले लगानीकर्ताहरूले रिस्कलाई बुझेर लगानी गर्नुपर्ने पौडेल बताउँछन् ।

हेर्नुस् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलसँग अर्थसंसार डट कमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको