Like us!
Follow us!
Connect us!
Watch us!

सिराहा मालपोत कार्यालयमा बम विष्फोट, ६ जना घाइते

अर्थसंसार

आइतबार, ०१ चैत्र २०७७, १४ : ०८ मा प्रकाशित

सिराहा मालपोत कार्यालयमा बम विष्फोट, ६ जना घाइते

 सिराहास्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । मालपोत कार्यालयमा अज्ञात समुहले प्रेसरकुकर बम विष्फोट गराएको हो ।

बम विस्फोटमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । घटना कसले किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको