Like us!
Follow us!
Connect us!
Watch us!

भारतको केरलास्थित क्रिश्चियन कन्भेन्सन सेन्टरमा बम विस्फोट : एक जनाको मृत्यु, २० घाइते

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १३ : ४८ मा प्रकाशित

भारतको केरलास्थित क्रिश्चियन कन्भेन्सन सेन्टरमा बम विस्फोट : एक जनाको मृत्यु, २० घाइते

भारतको केरलामा दुई हजारभन्दा बढी मानिसले प्रार्थना गरिरहेको क्रिश्चियन कन्भेन्सन सेन्टरमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् ।

केरलाको इर्नाकुलुम जिल्लामा रहेको जिहोभा कन्भेन्सन सेन्टर चार विस्फोट भएको जनाइएको छ । आइतबार बिहान नौ बजे पहिलो विस्फोट भए लगत्तै शृङ्खलाबद्ध रुपमा थप चार विस्फोट भएका थिए । घटना आतंकवादसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरिएको छ । विस्फोटका घाइतेहरुलाई कालामस्सेरी मेडिकल कलेज, इर्नाकुलुम अस्पताल र कोट्टाएम मेडिकल कलेजमा उपचारका लागि लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटना प्यालेस्टाइन हमाससम्बन्धित इस्लामिक संगठनको हात रहेको हुनसक्ने आशंका गरिएको छ । हमासमा एक नेताले शनिबार मात्रै केरलामा आयोजित इजरायल विरोधी प्रदर्शनमा भर्चुअल उपस्थिति जनाएका थिए । त्यसको भोलिपल्टै इसाई समुदायको कन्भेन्सन सेन्टरमा बम विस्फोट गराइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको