Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १३ : ५३ मा प्रकाशित

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारवाही

विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ । 

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु. पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए ।

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उनले बताए । 

निःशुल्क आँखा शिविर 

सिरहाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् । वडा नं ५ स्थित विलट साह रौनियार होमियोप्याथिक अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा लहान नगरक्षेत्र तथा वरिपरिका गाउँका २६५ सर्वसाधारणले जाँच गराएका हुन् । 

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सगरमाथा चौधरी आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा जाँच गराएका २६५ जनाले आँखा जाँच गराएकामा ७५ मा मोतियाविन्दुका बिरामी भेटिएका जनाइएको छ । मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए । - रासस  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको