Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीको घोषणा कार्यान्वयनमा,मापसे गर्दा सडकमा स्वयंसेवक

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १३ : ५६ मा प्रकाशित

गृहमन्त्रीको घोषणा कार्यान्वयनमा,मापसे गर्दा सडकमा स्वयंसेवक

काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ ।  

मंगलबार गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेलगतै कार्यान्वयनमा आएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा क्लास लिएपछि चालकहरूलाई सडकमा लगिएको छ ।

काठमाडौंका विभिन्न स्थानबाट मादक पदार्थ सेवनलगायत विभिन्न नियम उल्लघंनमा समातिएकाहरूलाई ट्राफिक प्रहरीसँगै सडकमा पठाइएको हो ।

तर उनीहरूको काम सडक छेउमा घाममा उभिनु बाहेक केही छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको