Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट कलरको आईपीओ दोस्रो बजारमा किनबेच, कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, ११ : १७ मा प्रकाशित

एभरेष्ट कलरको आईपीओ दोस्रो बजारमा किनबेच, कतिमा भयो पहिलो कारोबार ?

स्पेशल प्रि ओसन सेसनमा एभरेष्ट कलरको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर हिजो अर्थात असार ३२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ७ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता शेयर गरी कुल ३० लाख कित्ता नेप्सेमा हिजो सूचीकृत भएको थियो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको