Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानीकर्ताहरुको आकर्षण कायमै, सर्वाधिक मूल्य वृद्धि हुने १० कम्पनीमा ७ वटा हाइड्रो

नेप्से

मंगलबार, ०३ चैत्र २०७७, १५ : २८ मा प्रकाशित

हाइड्रोमा लगानीकर्ताहरुको आकर्षण कायमै, सर्वाधिक मूल्य वृद्धि हुने १० कम्पनीमा ७ वटा हाइड्रो

केहि समय यतादेखि निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारले आज (मंगलबार) भने ओरालो यात्रा ब्रेक गरेको छ  । आज नेप्से झिनो  अंकले बढेको हो । यद्यपी कारोबार रकममा भने गिरावट आएको छ । 

आज  सेयर कारोबार मापक नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । नेप्से ०.११ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४४ अंकले बढेर ४३०.४९ मा पुगेको छ ।

कूल २ सय १६  वटा कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ५६  लाख ९९  हजार ३३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, कारोबारको अन्त्यमा आएर सामान्य बढेको बजारमा आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । त्यसैगरी क्रमश: जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, ग्रिनलाईफ हाइड्रोपावर लिमिटेड, खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानिकर्ताले सर्वाधिक नाफा कमाएका छन् । 

सवै धेरै बढ्ने १० कम्पनीहरु 

60507eaa16350.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको