Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

अर्थसंसार

मंगलबार, ०३ चैत्र २०७७, १६ : २१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमानयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५पुगेको छ । 

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागिदिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTCको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको