Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फण्डको इकाई बाँडफाँड

अर्थसंसार

विहीबार, ०५ चैत्र २०७७, १६ : २० मा प्रकाशित

कुमारी इक्विटी फण्डको इकाई बाँडफाँड

कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, (शुक्रबार) देखि बिक्रि खुल्ला गरेको कुमारी इक्विटी फण्ड नामक सामुहिक लगानी कोषको बाँडफाँड भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई छुट्याएको थियो । 

उक्त फण्डको इकाईमा  ९४ हजार ७९४ जनाले आवेदन दिएकोमा  रितपुर्वक आवेदन दिने ९४ हजार ७३३ जना आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाखदेखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४ लाख ६ हजार ६७० इकाईका दरले  जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको