Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : कुमारी क्यापिटलको 'कुमारी सबल योजना' माघ २८ गतेदेखि

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, ०९ : ५८ मा प्रकाशित

लगानीको अवसर : कुमारी क्यापिटलको 'कुमारी सबल योजना' माघ २८ गतेदेखि

कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले 'कुमारी सबल योजना' निष्काशनमा ल्याउने मिति तोकेको छ। 

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड माघ २८ गते देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउने भनेको छ। जस मध्य एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। 

त्यस बाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो। 

कति दिने आवेदन ?

यस फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

कहिले सम्म दिने आवेदन?

माघ २८ गतेदेखि आवेदन दिन सकिने यस फण्डको इकाईमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समय सम्म माग अनुसार  आवेदन नपरेमा फागुन १३ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर  न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गरि भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

को हो बिक्रि प्रबन्धक ?

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

कताबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

कति वर्षे योजना ?

१० वर्ष अवधिको 

प्रकार 

बन्दमुखी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको