Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, ११ : ०१ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता चैत्र ५ गते शुक्रबार संस्थाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको  सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।  संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई  साधारण सेयर निष्कासन  गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको