आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले सोमबार ओरालो यात्रा तय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।
कूल २११ वटा कम्पनीकाे एक कराेड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर मात्र बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ ।
आजको सेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस