आइएमई ग्रुपअन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रमका बिच उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार उक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्तकार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त हस्तानान्तरण बार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मी देवी भण्डारी तथा नगरपालिकाका अन्य पदाधिकारीका साथै आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्की को समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्तै खुशीलागेको भन्दै आगलागिका घटना हुनासाथनगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागिदमकलउपयोगी साबित हुने विश्वास लिएको बताउनु भयो ।
दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । खरिद गरिएकासामानको सुरक्षागर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउनदमकलकाकर्मचारीलाई निर्देशनपनिदिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस