आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको छ । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाएको हो ।
सम्झौता अनुसार, रिगोको कल सेन्टर सेवा तथा आफ्ना ग्राहकहरूमा गुणस्तरीय सेवा प्रदानका लागि सो सहकार्य गरिएको हो । सम्झौता अनुसार, रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ ।
आइएमई ग्रुप अन्तर्गत सञ्चालति रिगो नेपालको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी)का लागि काम गर्दै आइरहेको कम्पनी हो ।
भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाइसकेका छन् । फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन् ।
कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता अन्य कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । सेटअप पछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस