Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०९ : २० मा प्रकाशित

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

ग्लोबल आइएमई बैंक, आइएमइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सिंहदरबारमा ग्लोबल आइएमई बैंक, आइएमईइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।

चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताए। उनले आइएमई ग्रुप विपद्‌मा सरकारको साथमा रहेको बताए।

सो अवसरमा प्रधानमन्त्री ओलीले विपद्‌मा सबै मिलेर पीडितको सहयोग गर्नुपर्ने बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको