Like us!
Follow us!
Connect us!
Watch us!

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १० : ५५ मा प्रकाशित

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक

भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा रोक लगाएको छ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको हो।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोक लगाएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका नेपालसहित करिब १९० राष्ट्रलाई असर गर्ने देखिएको छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

पछिल्लो समय भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । त्यसैले भारतले यो निर्णय गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको