Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ४५७ जनामा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँमा मात्रै थपिए १६३ सङ्क्रमित

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १७ : ३१ मा प्रकाशित

एकैदिन ४५७ जनामा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँमा मात्रै थपिए १६३ सङ्क्रमित

नेपालमा काेराेना भाइरस संक्रमणकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । 

पछिल्लो २४ घण्टामा मात्रै ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हाे । 

थपिएकामध्ये काठमाडौँ जिल्लामा मात्र १ सय ६३ जना सङ्क्रमित रहेका छन् । 

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । याेसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ५४ पुगेको छ ।

यसै अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ७६ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको