आज (शुक्रवार) वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ ।
कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईएको छ । आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गर्र्दै मनाएको छ ।
वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमा मात्र सिमित रही यस बर्षको होली मनाउन सल्लाह र सुझाव दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस