शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।
महाशाखाका अनुसार आइतबारसम्म मौसम स्थिर रहनेछ । सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन आग्रह गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको हो । मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय निर्माणका कार्य सुरु गर्दा धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न अपिल गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस