होली खेल्ने क्रममा एसिड छ्याप्दा एक किशोरीसहित ३ जना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ वर्ष र ९ वर्षका बालक घाइते भएका हुन् ।
लापरबाहीले गर्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ । डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा रहेको र होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ रहेका छन् ।
एसिडले किशोरीको अनुहार र दुवै बालकको हातमा जलेको छ । प्रहरीका अनुसार उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस