Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरीको सेयरमूल्य घट्दा निफ्राको सर्वाधिक कारोबार, सामान्य अंकले घट्यो नेप्से

नेप्से

सोमबार, १६ चैत्र २०७७, १५ : १३ मा प्रकाशित

चन्द्रागिरीको सेयरमूल्य घट्दा निफ्राको सर्वाधिक कारोबार, सामान्य अंकले घट्यो नेप्से

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बिहिबारपछि आज खुलेको सेयर बजारमा सामान्य गिरावट आएको हो । बजार घट्दा चन्द्रागिरी हिल्सको सेयरमूल्यमा भारी गिरावट आएको छ । निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्यमा आज (सोमबार)  गिरावट आएसँगै बेच्नेको संख्या ह्वात्तै बढेको छ  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५  अंकले घटेर २५४३.५२ मा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३९ अंकले घटेर ४४९.९२ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब  ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ४४ करोड ३१ लाख ६५ लाख बराबरको कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 
 

60619f03bca8a.JPG 60619f0da1a98.JPG 60619f11478bc.JPG 60619f1465615.JPG 60619f1a3a575.JPG 60619f1a719e3.JPG 60619f1a8f170.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको