Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयर बाँडफाँड : आजबाट पैसा फिर्ता हुने

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, ०८ : ४८ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयर बाँडफाँड : आजबाट पैसा फिर्ता हुने

नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर चैत्र १४ गते, शनिबार बाँडफाँड गरिएकाे छ । उक्त सेयरमा परेका बाेलपत्रहरू चैत्र ७ गते र ८ गते खोलिएकाे थियाे ।

यसैगरी, आवेदकहरूकाे बाँडफाँडमा नपरेकाे सेयर बापतकाे रकम आवेदकहरूले आफ्नाे बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा आज (चैत्र १७ गते, मंगलबार) बाट  रकमान्तर गरिने पनि काेषले जानकारी दिएकाे छ ।  उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

60629746641d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको