Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने म्याद थप

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १० : ३० मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने म्याद थप

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि  चैत्र १९ गते बिहीबारसम्म आवेदन दिन पाइने भनिएकाेमा अब चैत्र २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले कोषको संस्थापक समूहकाे एक लाख ३ हजार ७ सय कित्ता सेयरहरू बाेलकबाेल प्रकृयाबाट बिक्री गरिरहेकाे छ । उक्त सेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ३ सय ५० रुपैयाँमा नघट्ने गरि  शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँ र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे केन्द्रीय कार्यालाय, नक्साल, काठमाडाैँबाट बाेलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6063ff9a81243.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको