नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार आज (बिहिबार) कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 
त्यसैगरी, अन्य ४ कम्पनीको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । किसान लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था, एनआईशी लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 
आज सेयर बजार उकालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १५.७० अंकले बढेको छ भने चार अर्ब १६ करोड बढीको कारोबार भएको छ । 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस