Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेन जलविद्युतले पायो आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १५ : ४० मा प्रकाशित

साञ्जेन जलविद्युतले पायो आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । 

साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले धिताेपत्र सम्बन्धी ऐन, २०६३ काे दफा ३० काे उपदफा (१) बमाेजिम आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ । कम्पनीकाे सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62b43b09f18b0.jpg 62b43b1470488.jpg 62b43b1a916d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको