Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतको आईपीओ बाँडफाँड, हेर्नुस् कसले कति कित्ता पाए ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १५ : ३८ मा प्रकाशित

सान्जेन जलविद्युतको आईपीओ बाँडफाँड, हेर्नुस् कसले कति कित्ता पाए ?

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन गरेको साधारण सेयर आईपीओ बाँडफाँड गरिएकाे छ ।

कम्पनीले प्रति सेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको निम्ति भदाै ५ गतेदेखि असाेज ३० गते सम्म सर्वसाधारणहरुको लागि निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा २८ हजार ६ सय ८ जना आवेदकहरुबाट जम्मा ५६ लाख ७९ हजार ८ सय ७० कित्ताको लागि आवेदन प्राप्त भएको थियाे । 

क) अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्ता सम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

घ) न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्तासम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

त्यसैगरी, वितरण गरी बाँकी रहेको १३१ कित्ता सेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १/१ का दरले १३१ कित्ता सेयर बाँडफाँड गरि कुल ३६,५०,००० कित्ता सेयर स्थानिय बासिन्दाहरुलाई क्रमश ४.२५: ३: १.५: १ को अनुपातमा बाँडफाँड गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको