Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतले भदौ ५ देखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १२ : १२ मा प्रकाशित

सान्जेन जलविद्युतले भदौ ५ देखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

क-कसले भर्न पाउँछन् ?

यस आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा छिटोमा १९ भदौसम्म र ढिलोमा ४ असोजसम्म आइपीओ खुला रहनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक छ । कम्पनीकाे सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको